नेपालमा थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि,थप ८ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ७४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

 

 

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ।

 

 

 

 

सोमबार २ हजार ३१९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २० हजार ७३९जना सक्रिय संक्रमित रहेका छन्।

 

 

गत चौबीस घन्टामा ६ हजार २७९ पीसीआर तथा २ हजार ४१७ एन्टिजेन परीक्षण भएको छ।