नेपालमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि,थप २ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

 

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ।

 

 

मंगलबार १ हजार ८३५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन्।

 

 

गत चौबीस घन्टामा ४ हजार २५६ पीसीआर तथा २ हजार ८३९ एन्टिजेन परीक्षण भएको छ।