क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)को संगठन विस्तार अभियान तीब्र

काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल ( क्रान्तिकारी ) को इकाइ समिती गठन गरिएको छ ।

 

 

त्यस्तै लक्षमण बहादुर बमकाे अध्यक्षतामा २० सदस्यीय इकाइ समिती गठन गरिएको छ । साथै , उपाध्यक्ष -धिरज यादव र प्रगति पाल, सचिव  माधव याेगी, सहसचिव दिपेश झा र गाेविद्र विष्ट,  काेषाध्यक्ष मनिष राना , सदस्य कुशेश्वर यादव,लकेश मगर,विपिन नाथ याेगीलगायतका रहनु भएको छ।

 

 

उक्त कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्दीय अध्यक्ष हरिकृष्ण गजुरेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा शैक्षिक माफियाहरूले,ब्यापारीकरण, माफियाकरण, दलालीकरण ,भ्रष्टीकरणविरूद्ध संगठन सधैं आन्दाेलनमा रहेकाे बताउनु भयाे। 

 

 

अध्यक्ष गजुरेलले भने, माफियाहरू विरुद्ध संंगठनले निर्मम सङ्घर्ष गर्दै शिक्षालाई पूर्णरुपमा नि:शुल्क ,सर्बसुलभ, ब्यवहारिक,वैज्ञानिक शिक्षा लागु गराउन अखिल (क्रान्तिकारी)ले सधैं नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयाे ।

 

त्यस्तै विश्वविद्यालय उपत्यका संयाेजक शुलभ वैद्यलगायतका विद्यार्थी नेताहरूकाे पनि सहभागिता रहेकाे थियाे।

 

 

त्यस्तै यस भेलाबाट नेतृत्वमा आउने बिद्यार्थीहरुले सधैं शिक्षा र स्वास्थ्य क्षत्रकाे विकृति विसँगती हटाउन सङ्घर्षमा उत्रनुपर्ने बताउनु दिनुभयो।