एमसीसीको विरोधमा भोली क्रान्तिकारी माओवादीसहित ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने

                                                                         फाइल तस्वीर-

काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी)सहित ६ दल र २ मोर्चाले भोलि नयाँ बानेश्वर स्थित संसद भवन घेराउ गर्दै देशव्यापी बिरोध प्रदर्शन गर्ने भएका छन् ।  

 

 

 

एमसीसी विरूद्धकाे आन्दोलन भाेली सशक्त बनाउने संयुक्त माेर्चाले निर्णय गरेकाे र काठमाडाैं उपत्यका बाहिरका जिल्लाहरूमा भने जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने कार्यक्रम रहेकाे क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिनुभयाे। 

 

 

 

अमेरिकाको दादागिरी,धम्कि र नाङ्गो हस्तक्षेपको घोर निन्दा एवम् भत्सना गर्दै देशभक्त,राष्ट्रवादी सबैमा सहभागीताकाे लागि विशेष आग्रह समेत गरिएकाे नेता गजुरेलले जानकारी दिनुभयाे।

 

 

 

 

त्यस्तै संसद घेराउ गर्ने पार्टीहरूमा नेकपा (क्रान्तिकारी माओवादी) ,नेकपा (विप्लव),नेकपा (मसाल) ,देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल,  राष्ट्रिय जनमोर्चा, नेकपा , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेकपा (माओवादी केन्द्र समाजवादी)लगायत रहेका छन्।  

 

 

 

त्यस्तै राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको लागि भेली (फगुन ८ गते आइतवार) १२ बजे माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरसम्म नाराजुलुससहितको बिरोध प्रदर्शन कार्यक्रममा राष्ट्रिय स्वाधीनताको रक्षार्थ आन्दोलनलाई सफल बनाउन देशभक्त नेपाली जनतालाइ उपस्थितिको लागि अपिल गरिएको नेता गजुरेलले जानकारी दिनुभयो।