ललितपुर महानगरमा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाइँदै छ। महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई सोमबार र मंगलबार बुस्टर डोज खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

 

 

 

खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ । यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ।

 

 

 

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउनक सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।