स्वास्थ्य सेवा कार्यालय हुम्ला र निक साइमनबीच सम्झौता

फाइल तस्वीर

काठमाडौं।हुम्ला जिल्ला स्वास्थ्य सेवा कार्यालय र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको निक साइमनबीच पाँचवर्षे सम्झौता भएको छ।

 

 

सम्झौता अनुसार निक साइमनले आगामी पाँच वर्षसम्म स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पताललाई सहयोग गर्नेछ।

 

 

उक्त सम्झौतापत्र स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंह र निक साइमनका जनार्दन पाठकले हस्ताक्षर गरेका छन्।

 

 

 

 

सम्झौता अनुसार अस्पतालका लागि चिकित्सक र स्वास्थ्यकर्मीसहितका जनशक्ति, उपकरण लगाएका क्षेत्रमा सहयोग गर्ने भएकाे छ। 

 

 

  जनशक्ति व्यवस्थापनमा सहज हुनुका साथै अस्पतालका लागि उपकरण तथा अन्य सामग्रीसमेत प्राप्त हुने बताइएकाे छ।

 

 

साे हस्ताक्षर कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामालगायतको उपस्थिति रहेकाे थियो।