नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि,थप १ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।

 

 

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ।

 

 

 

बिहीबार ५६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन्।

 

 

 

गत चौबीस घन्टामा ५ हजार ५०८ पीसीआर तथा २ हजार २३५ एन्टिजेन परीक्षण भएको छ।