राष्ट्रघाती एमसीसी सम्झौंता खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीद्धारा सिन्धुली जिल्लामा कोणसभा सम्पन्न

सिन्धुली ।  नेकपा  (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिले राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै काेणसभा सम्पन्न गरेको छ।

 

 

 

एमसीसी विरूद्ध संघर्ष गरौं भन्ने कुरा जनताको बीचमा राख्ने उद्येश्यले सिन्धुली जिल्लाको सिन्धुली माडी बजारको लोकतान्त्रिक चौतारीमा एक कोणसभा सम्पन्न गरिएको छ ।

 

 

 

कोणसभालाइ पार्टी केन्द्रीय सदस्य एबम् जिल्ला ईन्चार्ज जिवनले सम्बाेधन गरेका थिए भने उनले राष्ट्रघाती एमसीसी सदनमा पेश गर्न लागेकाले सम्पूर्ण संसद भित्र रहेका देशभक्त नेपाली सांसदहरुलाई बिपक्षमा मत हाल्न समेत उनले अनुरोध गरे।

 

 

 

 उहाँले सम्पूर्ण देशभक्त नेपालीहरूलाइ राष्ट्रघाती एमसीसीका सर्तको बारेमा अवगत गराउनु भयो । कार्यक्रमको संचालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला सेक्रेटरी बालकृष्ण थापाले गर्नु भएको थियो ।