एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने सरकारको तयारी

काठमाडौं ।  अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आजको प्रतिनिधिसभा बैठकबाट अनुमोदन गराउने सरकारले तयारी गरेको छ ।

 

 

सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आजको प्रतिनिधिसभा बैठकबाट सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।

 

 

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित सम्झौता पारित गराउन गठबन्धनमा आबद्ध दलहरू तयार भएको बताए ।

 

 

 

संसद्मा आजै एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र व्याख्यात्मक टिप्पणी समावेश गरेर आजै एमसीसी अनुमोदन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

 

 

 
आजको बैठकबाट एमसीसी संसद्बारा अनुमोदन हुन्छ । प्रमुख प्रतिपक्ष दलको पनि सकारात्मक भूमिका हुन्छ रिष्ठ नेता रामचन्द्र पौडेलले भने ।