नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने युवक पक्राउ

काठमाडौं। प्रहरीले नेपाल बन्द आह्वान गरिएको दिन राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने युवकलाई नियन्त्रणमा लिएको छ।

 

 

 

महानगरीय अपराध महाशाखाका अनुसार काभ्रेको भुम्लु गाउँपालिका २ सिमथली घर भई हाल काठमाडौँको चावहिल बस्ने वर्ष २१ का सुवास महतलाई संसल भवन अगाडि शंकास्पद वस्तु प्रेसर कुकर बम राखेको आरोपमा नियन्त्रणमा लिइएको हो।

 

 

उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको पशुपति क्याम्पस कमिटी अध्यक्ष रहेको महाशाखाले जनाएको छ।

 

 

 

प्रहरीले महतलाई उनले प्रयोग गर्ने मोटरसाइकलसहित मंगलबार गौशालाबाट नियन्त्रणमा लिएको थियो।

 

 

 

प्रहरीले उनको साथबाट घटनामा प्रयोग भएको बा प्र ०२–०३० प ७०८५ नम्बरको यामाहा एफजेड मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल थान ४ समेत बरामद गरेको छ।

 

 

 

प्रहरी अनुसार महत कार्तिक १६ गते नेपाल बन्दको दिन एडिडास लेखिएको दुवै बाहुलाको भागमा सेतो स्ट्राप भएको कालो रङको ट्रयाक ज्याकेट लगाएर र्‍यापिड लेखिएको कालो नीलो रङको फुल हेल्मेटसहित मोटरसाइकल चढेर संसद भवन अगाडि प्रेसर कुकर बम राखेका थिए।