श्रीमतीलाई एसिड प्रहार गरी कुटपिट गर्ने पक्राउ

भक्तपुर । श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिटसमेत गरेका छन् ।

 

 

 

महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि केमिकल ‘रसायन’ शरीरमा प्रहार गरी घाइते बनाएको जनाएको छ ।

 

 

एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।