म्यादी प्रहरी भर्नामा अर्थको असहमति,एक लाखको मात्रै दरवन्दी स्वीकृति ,४० दिनको तलबभत्ता दिइने

                                   फाइल तस्वीर

काठमाडौं ।अर्थ मन्त्रालयले १ लाख म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ । गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो ।

 

 

 

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना लिन लागिएको हो । उनीहरूको पोसाकका लागि समेत बजेट विनियोजन भइसकेको गृहका एक अधिकारीले बताए ।

 

 

गृह मन्त्रालयको माग अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका भर्ना गर्न लागिएको म्यादी प्रहरीको संख्यामा अर्थ मन्त्रालयले असहमति जनाएको छ।

 

 

 गृहमा निर्वाचन सुरक्षासम्बन्धी चारवटै सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकमा अर्थले एक लाख म्यादी प्रहरी मात्रै भर्ना गर्न स्वीकृत दिएको हो।

 

 

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै भर्ना गर्न लागिएका म्यादी प्रहरीको पोसाकका लागि समेत बजेट विनियोजन भइसकेको गृहले जनाएको छ ।

 

 

 

गृहका अनुसार पोसाकभत्ताका लागि ६ हजार रुपैयाँ समेत विनियोजन भइसकेको छ । यसबाहेक रासनभत्ता सात हजार रहेको तोकिएको छ ।

 

 

 

अरू तलबभत्ता म्यादी प्रहरीकै खातामा पठाइने भएको छ । म्यादी प्रहरीलाई ४० दिनको तलबभत्ता दिइनेछ भने चैत दोस्रो साताबाट भर्ना प्रक्रिया सुरु गर्ने तयारी गृहको छ ।

 

 

 

आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन आयोगले समेत निर्वाचनको प्रक्रिया सुरु गरिसकेको छ । नेपाल प्रहरीसहित चारवटै सुरक्षा निकायले सुरक्षा रणनीतिको गृहकार्य सुरु गरिसकेका छन् ।

 

 

प्रहरी प्रधान कार्यालयले पनि निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको छ ।

 

 

म्यादी भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा दिइने बताइएको छ । अवकाशप्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने सुरक्षा अधिकारीहरु बताउँछन् ।

 

 

 

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति समेत गठन गरिएको छ ।