दूरसञ्चार प्राधिकरणले नेटवर्किङ एप्स–वेवसाइट बन्द गराउन इन्टरनेट सेवाप्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्किङ एप्सरवेवसाइट बन्द गराउन इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

 

 

प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको हो ।

 

 

मंगलबार नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाउदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

 

 

 

सञ्चार मन्त्रलायले फागुन १ गते प्राधिकरणलाई पठाएको पत्र मार्फत अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी,विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चूअल माध्यमहरु नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राखिदिने व्यवस्थाका लागि अर्थ मन्त्रालयले निर्णय अनुसार त्यस्ता कन्टेन्ट सञ्चालन गर्न नपाउने गरी निषेध तथा बन्द गर्ने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ’ इन्टरनेट सेवाप्रदायकलाई पठाएको प्राधिकरणको पत्रमा भनिएको छ ।