पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न अखिल(क्रान्तिकारी)द्वारा विरोध प्रदर्शन

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिको छ।

 

 

 

नेपाल आयल निगमको गेट अगाडि नारा जुलुससहित विद्यार्थीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए।प्रदर्शनकारी विद्यार्थीले भ्रष्ट आयल निगम होसियार,दलाल सरकार मुर्द्दावाद,नालायक सरकार राजिनामा दे, जस्ता नारा लगाएर विरोध गरेका थिए।

 

 

सो विरोध कार्यक्रमलाइ अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए । उनले भने नेपाल सरकार र नेपाल आयल निगमले पटक पटक गरेको मूल्यवृद्धिले नेपाली जनताको ढाड सक्ने काम गरेको उल्लेख गरे।  

 

 

उनले भने शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली जनतालाई राहत दिनु त परै जाओस्, पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर नेपाली जनतालाइ दुख दिने काम गरेको बताए। 

 

 

अहिले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना गरिएको र यसलाइ तत्काल खारेज गर्न आग्रह गरे।

 

 

 उनले भने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगमलगायतका निकायसँग आग्रह गदर्छु यदि फिर्ता भएन भने अहिलेको यो आन्दोलन झिल्काे मात्र भएको उल्लेख गरे।

 

 

 

त्यसपछिका आन्दोलन कस्तो हुन्छ त्यो अहिले नै परिकल्पना गरेर बसे हुन्छ जनताले चाहे भने केहुँदैन भन्दै गजुरेले मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकार र कार्यकारी निर्देशकलाइ चेतावनी समेत दिए। 

 

 

  हाम्रो कुरालाइ बेवास्ता गरियो भने हामी जस्तो सुकै मूल्य चुकाउन तयार हुने छौं म अहिले नै भन्छु आयल निगमका कार्यकारी निर्देशकलाइ उनकै कार्यकक्षबाट   घिसारे सडकमा ल्याउने र ठेगान लगाउने अध्यक्ष गजुरेलले चेतावनी दिए ।

 

त्यस्तै आन्दोलनमा संगठनका केन्दिय महासचिव पेसल दाहाल,सचिव राम तिरूवा,केन्द्रिय सदस्य शुलभ वैद्य ,नर वहादुर कुमाललगायतका विद्यार्थी नेताहरूको  बाक्लाे सहभागीता रहेको थियो। त्यस्तै उक्त कार्यक्रम नारा जुलुससहित समापन गरिएको थियो।