छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

चितवन । चितवनमा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक प्रहरी नियन्त्रणमा परेका छन् । जिल्लाको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको हो ।

 

 

 

 

प्रहरीका अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ परेका छन् ।

 

 

 

घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।