अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति बैठकले गर्यो स्थानीयतहको निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को केन्दीय समिति बैठक ललितपुरको कुपोण्डोलमा चैत ९ गते सम्पन्न भएको छ। 

 

 

बैठकको अध्यक्षता संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले गर्नु भएको थियो। बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थाई समिति सदस्य सीपी गजुरेलको प्रमुख आतित्थता गर्नु भएको थियो।

 

 

 

उहाँले दलाल संसदीय व्यवस्थालाई ध्वस्त गरि नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु पर्ने कुरा बताउनु भयो। स्थानिय तहको निर्वाचन सशक्त बहिष्कार गर्न विद्यार्थीहरूकाे ठूलाे भूमिका रहने उल्लेख गर्नुभयाे भने संसदबाट पारित गरिएकाे राष्ट्रघाती एमसीसी सम्झाैता कार्यन्वयन गर्न नदिन र दलाल संसदिय अभ्यास ध्वस्त पार्न जनताहरुलाई तयार गर्नु पर्नेमा जाेड दिनु भयाे।

 

 

अखिल(क्रान्तिकारी) ले स्थानीय तहको निर्वाचनको शसक्त बहिष्कार गर्ने निर्णय गरेको छ। बैठकमा केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शीलु न्यौपाने, महासचिव पेशल दाहाल,सचिवहरु मनकुमार न्यौपाने, महेश श्रेष्ठ,राम तिरुवा,प्रभात भट्टराई, केन्द्रीय समिति सदस्यहरुको भव्य उपस्थितका साथ अखिल (क्रान्तिकारी) केन्द्रीय समिति बैठक सान्दार रूपमा सम्पन्न गरिएकाे थियो।