नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं ।लगातार घटिरहेको सेयर बजार बुधबार भने उकालो लागेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको हो ।

 

 

नेप्से ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले बढेको छ ।

 

 

 

मंगलबारको तुलनामा सेयर कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका ३६ हजार ८११ कारोबारबाट ४५ लाख २ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् ।

 

 

 

जसबाट कारोबार रकम २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सेयर कारोबार रकम २ अर्ब भन्दा कम भएको थियो ।