देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि,५५ जना संक्रमणमुक्त

काठमाडौं ।देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९०३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

मन्त्रालयका अनुसार ३ हजार ३० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १४ जना र ८ सय ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको हो ।

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८०६ पुगेको छ । हाल नेपालमा ४ सय ३८ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

 

 

पछिल्लो २४ घण्टामा ५५ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

 

 

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार २५९ पुगेको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९०३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख ३९ हजार ९५४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

 

 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।