एमालेबाट छेडागाड नगरपालिकाको मेयरमा पुन: लाल बहादुर महताराको उम्मेदवारी

काठमाडौं। जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा नेकपा एमालेको तर्फबाट पुन: लाल बहादुर महतारा नगर प्रमुखको उम्मेदवार हुनुभएको छ।

 

 

नगर प्रमुख महताराले छेडागाड नगरपालिका देशकै नमुना नगरपालिका बनाउन पुन: उम्मेदवारी दिएको बताउनु भयो।

 

 

 

उँहाले भन्नू भयो आफू चुनावमा पुन: बिजेता भएपछि जनतासँग बाच्चा गरेका जुन अधुरा कामकाजहरु पुरा गर्दै नयाँ कामहरू थालनी गरेर जनतासँग जोडीएका जनजीवीका कामहरू धेरै नै गर्ने छु।

 

 

 

आफूलाइ फेरि पनि पार्टीले नगरप्रमुखमा विश्वास गरेर पुन: टिकट दिदा अझै थप उर्जासहित जिम्मेवार बनाएको महताराले बताउनु भयो।थप जनताका काम गर्ने प्रतिबद्धता साथ बाँकी आउने समयलाई चिन्ताका साथ जनताकाे काम गर्ने महताराले बताउनु भयो।

 

 

 

नगरपालिकामा आफुले सोचेको भिजन अनुसारको काम हुन नसकेकोमा आफु चिन्तित भएको उनले बताए।

 

 

उनले भन्ने सुरूको समयमा नयाँ संरचना हुँदा काम गर्न केही गारो भयो त्यसपछि केही समय कोभिड-१९ को महामारीले गर्दा आफुले चाहेको जस्तो काम गर्न नसकिएको महताराले बताउनु भयो।

 

 

 

पार्टीले फेरि पनि थप जिम्मेवार बनाएको छ।पालिकामा आफ्नो कामको मुल्यांकन अनुसार आफू फेरि पनि नगर प्रमुख पदमा जित्ने पूर्ण आसावादी रहेको उनले बताए।

 

 

उनले भने फेरि पनि जनताको माझमा रहेर जनताका दुःख पीडा लाई मध्यनजर राख्दै जनताको सेवा गर्ने प्रतिवद्धता गर्दछु, अझै जनताको सेवामा लागिपर्ने बाचा गर्दै थप जिम्मेवारी दिएकोमा पर्टीलाइ हार्दिक धन्यवाद दिन चाहान्छु महताराले भने।