फेरि बढ्यो सुनको मूल्य,तोलामा कति ?

काठमाडौं ।नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

 

 

 

आज छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

 

 

बिहीबार ९८ हजार रुपैयाँमा छापावल र ९७ हजार पाँच सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

 

 

यस्तै चाँदीको मूल्य भने बिहीबार जस्तै प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर छ ।