सुनचाँदी सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यस्तै, चाँदीको मूल्य पनि आइतबार २० रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।