यातायात मन्त्रालयले दण्ड–जरिवानाको डर देखाएर नागरिकलाई तर्सायो: सांसद गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले यातायात मन्त्रालयले दण्ड, जरिवाना र सजायको डर देखाएर नागरिकलाई तर्साएको आरोप लगाएको छन्।

 

 

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रालय अन्तर्गतका कोर्यालयहरुले चुस्तताका साथ काम नगरेको तर जनतालाई भने छोटो समयसीमा दिएर जसरी इम्बोष्ट दर्ता गराउनु भन्दै तर्साएको उल्लेख गरे ।

 

 

 

‘गत मंसिर १ गतेदेखि नामाकरण भएका प्रदेशहरुमा गर्ने भनेको काम सम्बन्धित कार्यालयले गरेन। यातायात व्यवस्थ कार्यालयका महानिर्देशक त्यो भन्नुहुन्छ ।

 

 

जुन कार्यालयले नगरको हो । त्यो कार्यलाई ताकेता गर्नुपर्ने हो कि नागरिकलाई तर्साउनु पर्ने हो? उनले प्रश्न गरे ।

 

 

 

 

गत वर्ष मंसिरसम्म दर्ता भएको नामाकरण भइसकेका प्रदेश कार्यालयहरुमा दर्ता भएका सवारी साधनहरुको सम्बन्धित प्रदेशमा इम्बोष्ट नम्बर लागू गराउन निर्देशन दिएको थियो । तर उक्त कार्य हुन सकेको छैन ।

 

 

 

अब आहिले छोटो समयसीमा राखेर सवारी साधनमा इम्बोष्ट नम्बर लागू गराउन भन्दै नागरिकलाई पीडा दिएको उनले उल्लेख गरे ।

 

 

 

सरकारले मंगलबार मात्रै राजपत्रमा सुचना प्रकाशित गर्दै बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरुले असार मसान्तभित्र चल्ने सवारी साधनहरुले अनिवार्य रुपमा इम्बोष्ट नम्बर लिनुपर्ने र नलिए कानुन बमोजिक कारवाही हुने जनाइएको छ ।