गुरुकुलका प्राचार्य भट्टराईलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसद विश्वकर्माको माग

काठमाडौं । ललितपुर शंखमुलस्थित जगतगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई भर्ना नलिएको भन्दै प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले आपत्ति जनाउनुभयो ।

 

 

 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले ललितपुर शंखमुलस्थित जगतगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई भर्ना नलिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

 

 

 

उहाँले गुरुकुलले भर्ना नलिएर शिक्षा र धर्म अवलम्बन गर्न पाउने हक हनन भएको र चरम जातिय विभेदको व्यवहार गरिएको बताउनुभयो ।

 

 

 

उहाँले सो गुरुकुलका प्राचार्य तेजप्रसाद भट्टराईलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न र बालकहरुको शिक्षादिक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभयो ।