फेरि सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ ।

 

 

 

शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा वृद्धि गरेको हो ।

 

 

 

 

यात्रुवाहक सवारीतर्फ २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीतर्फ ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.७ प्रतिशतले वृद्धि गरिएको छ ।

 

 

विभागले यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।