शेखर समूहको बैठक आज बस्दै

काठमाडौं। नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक बस्दै छ।

 

 

 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो।

 

 

बिहीबार कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्ने जनाइएको छ। बैठकको समय भने खुलाइएको छैन।