नेपाल प्रहरीमा असई र जवान पदका लागि भर्ना खुल्यो (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई)र जवान पदमा गत साल खुलेको विज्ञापनमा केही संख्या थप गरे पुनः सूचना प्रकाशन गरिएको छ ।

 

 

आज आइतबार प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशन गर्दै ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानका लागि विज्ञापन खोलेको जानकारी दिएको हो ।

 

 

 

 

उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसमै ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरेको उक्त सूचनामा जनाइएको छ ।

 

 

 

 

यसैगरी गत २०७८ मंसिर १० गतेको विज्ञापनमा १ हजार ९७१ जना प्रहरी जवान माग गरिएकोमा त्यसयता रिक्त हुन पुगेका ५०३ जना थप गरी कुल २ हजार ४७४ जना प्रहरी जवान माग गरिएको छ ।

 

 

 

 

यद्यपि उक्त थप गरिएको संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हो या होइन भन्नेबारे केही खुलाइएको छैन ।