विज्ञापन सम्बन्धी आचारसंहिता एक हप्ताभित्रै कार्यान्वयनमा लैजान सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।

 

 

 

विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ताभित्र अनुभूति हुनेगरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् ।

 

 

 

उनले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पारे ।

 

 

 

 

सरोकारवाला पक्षहरुसँग धेरै छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गरे ।

 

 

 

उनले सो आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

 

 

मन्त्री कार्कीले भने, ‘आज हामीले आचार संहिता जारी गरेका छौं । मैले लक्ष्मणजीलाई आचार संहिताको कुरा गर्दाखेरी उहाँलाई मैले हरेक पटक भनेको छु–र अहिले पनि भन्छु–यो आचारसंहिता जारी गर्दैगर्दाखेरी यो प्रभावकारी पनि हुनुप¥यो ।

 

 

 

यो आचारसंहिता लागू हुनुप¥यो । र, त्यसका निमित्त जति धेरै विचारविमर्श, छलफल सम्बन्धित पक्षसँग हुन्छ, त्यत्तिनै यो कार्यान्वयनमा सजिलो हुन्छ भन्ने मैले उहाँलाई सुझाव दिएको थिँए ।

 

 

 

 

मलाई लाग्छ, धेरै छलफल पछि यो आचारसंहिता आएको छ । र, यो आचारसंहितालाई ऐतिहासिक पनि भन्नु भयो । म त्यतिखेर यसलाई ऐतिहासिक भन्छु–अहिले हामी प्रारम्भ मात्रै गर्दैछौं । हामी सुरुवात गर्दैंछौं । यो ३८ पेजको छ ।

 

 

 

उनले फेरि भने, ‘यो आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरुलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ ।

 

 

 

होइन भने हामीहरुले शब्दहरु खर्चेर मात्रै यसको प्रभावकारिता हुन सक्दैन । र, मलाई विश्वास छ । यो प्रभावकारी हुनेछ । ऐतिहासिक पनि हुनेछ भन्ने मैले आशा लिएको छु ।

 

 

 

विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनका लागि आज जारी आचारसंहिताले अर्को हप्तादेखि नै समाजमा प्रभाव दिन सकोस् । मेरो त्यो शुभकामना छ ।

 

 

 

अहिले देखिएका जुन अस्वस्थ प्रतिस्पर्धा छन् । विकृति छन, विसंगति छन । तिनीहरुलाई एकैदिनमा यही आचारसंहिताले अन्त्य गर्छ भनेर भनियो भने त्यो एकांकी हुन सक्दछ । तर, त्यस दिशामा यो प्रभावकारी हुन सक्यो भने हामीले जारी गरेको यो आचारसंहिताको ओझ र महत्व रहनेछ ।

 

 

 

उनले थपे, ‘म यो मन्त्रालयको राजनीतिक नेतृत्व सम्हालेको नेतृत्वको हैसियतले भन्न चाहन्छु–यो आचारसंहिता प्रारम्भ भएको दिनदेखि जुन ठाउँमा अप्ठयारा आउँछन, जुन ठाउँमा अस्पष्टता आउँछन् र जसले अगाडि बढ्नका निमित्त व्यवधान खडा गर्छ ।

 

 

 

 

त्यसलाई तुरुन्त निराकरण गर्नका निमित्त यो मन्त्रालय तपाईहरुको साथ रहनेछ भन्ने कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । अहिले हाम्रो समस्या नीतिमा छैन ।

 

 

 

अहिले हाम्रो समस्या कार्यान्वयनमा छ । हामी के चाहन्छौं– यो आचारसंहिता अरुलाई लागोस् मलाई चाँही नलागोस् ।

 

 

 

हामी कानुनको बाटोमा र सुशासनको बाटोमा गयौ भने देखि यो जसरी अरुलाई लाग्छ, त्यसरी मलाई पनि लाग्नु पर्दछ भन्ने मानसिकताका साथ हामी अगाडि बढयौं भनेदेखि हामीले जारी गरेको आचारसंहिता निश्चियनै प्रभावकारी हुन सक्दछ ।

 

 

 

 

आज जति देशहरु विकसित छन । आज जति देशहरु सभ्य छन् । र, सुन्दर पनि छन् । ती देशहरुको हामीले परिपाटीलाई हे¥यौं भने देखि ती देशहरुमा अनुशासन पहिलो प्राथमिकतामा छ । तर अनुशासन स्वतन्त्रतालाई खोसेर अनुशासनको कुरा होइन ।

 

 

 

 

त्यस्तै उनले स्वतन्त्रता र अनुशासनलाई साथ साथै अगाडि बढाउन सकेमा देशलाई पनि चाँडै नै सभ्य, सुन्दर देशको रुपमा विकसित गर्न सक्ने बताए । उनेल भने, ‘यस दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् । र, यसको प्रभावकारिता एक हप्ता अनुभूति गर्नेगरी हुन सकोस् भन्ने कुरा राख्न चाहन्छु ।

 

 

 

 

मन्त्री कार्कीले मुलुकलाई चाँडै सभ्य र सुन्दर बनाउन स्वतन्त्रता र अनुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

 

 

 

 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरुलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गरे ।

 

 

 

उनले सो आचारसंहिता कार्यान्वयनमा जटिलता आए त्यसलाई सहज ढंगले सम्बोधन गर्न पनि विज्ञापन बोर्डलाई सुझाव दिए ।