संगठन भित्रको समस्या समाधान गरिदिन अध्यक्ष प्रचण्डलाई पञ्चा सिंहको आग्रह

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठनको समस्या समाधान गरिदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

 

 

सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष सिंहले संगठनमा अराजकता देखिएकाले छानबिन गर्न माग गरिन् ।

 

 

उनले आफूहरुले नियम अनुसार नै अघि बढेको तर संगठनमा अराजकता देखिएको बताइन् ।

 

 

अखिल (क्रान्तिकारी)मा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।

 

 

सोही घटनातर्फ लक्षित गर्दै माओवादी केन्द्रीय सदस्यसमेत रहेकी अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहल भनिन्, ‘संगठन अराजकतामा चल्न सक्दैन ।

 

 

 

पार्टीले छानबिन समिति बनाएर छानबिन गरोस् । मैले गल्ती गरेको रहेछु भने सजाय ब्यहोर्न तयार छु ।अध्यक्ष प्रचण्डले भने सिंहलाई रोक्दै यस विषयमा पार्टीले विशेष ध्यान दिने बताए ।