गगन थापालाई थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो: महासचिव विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मुग्लिन कटाउनुपर्ने बताएका छन्।

 

 

 

१२ बुँदे ब्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्दा थापाले अमेरिकी सेना आए आफूलाई चारपाटा मोडेर थानकोट कटाइहाेस् भनेका थिए ।

 

 

 

  बुधबार राजधानीमा आयोजित पार्टी ध्रुविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले भने, ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ।मालिकसँग त लड्नेहरु मात्रै टिक्छन् ।

 

 

 

 

अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो भन्दै उनले अघि भने, ‘उनले गगन थापालाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनु  पर्थ्यो।

 

 

 

 

एमसीसीविरुद्धकाे आन्दोलनमा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको भन्दै उनले न्यायाधीशमाथि समेत आक्रोश पोखेका थिए।

 

 

 

उनले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ? देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्ने बेला आएकाे छ ।

 

 

 

विप्लवले आफ्नो पार्टी छाडेर जानेहरुलाई क्रान्तिबाट भयभित भएको र सत्ताको प्रलोभनमा परेको आरोप लगाए ।

 

 

‘क्रान्तिबाट भयभित मान्छेहरु हिजो पनि थिए र आज पनि छन्,’ विप्लवले भने, ‘आज पनि एकीकृत जनक्रान्तिबाट भयभितहरु धेरै छन्।

 

 

जो मान्छेहरु एकीकृत जनक्रान्तिबाट भागिरहेका छन्, उनीहरुले आजको सत्तामा र्‍याल काडेर प्रभावित भएका हुन उनले भने।