सुनको मूल्यमा आज भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बाजरमा सुनको मूल्यमा दोस्रो दिन पनि उच्च गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।

 

 

आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ।

 

 

 

बुधबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ।

 

 

 

बुधबार ९६ हजार रुपैयाँमा छापावल र ९५ हजार ५ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।