माओवादीमा १२५ सदस्यीय पोलिटब्यूरो घोषणा (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव गरेका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उनले नामहरु प्रस्ताव गरेका हुन् ।

 

 

 पोलिटब्युरोको नाम प्रस्ताव भएपछि स्थायी समिति सदस्यको नाम प्रस्ताव गरिने भएको हो ।

 

 

 

माओवादीको पोलिटब्युरोमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,गिरिराजमणि पोखरेल, नारायण दाहाल,हितबहादुर तामाङ, झक्कुप्रसाद सुवेदी, सुरेश राई, शशी श्रेष्ठ, रेखा शर्मा,अञ्जना विशंखे, रामकुमार यादव, अमृता थापा, महेश्वर दाहाल,दिलिप प्रजापति,लेखनाथ न्यौपाने छन्।

 

 

 
त्यस्तै रामेश्वर राय, गणेश साह, देवेन्द्र पौडेल,ओनसरी घर्ती,दिपेन्द्र पुन, सत्या पहाडी, रेणु दाहाल, केशव नेपाल, युवराज दुलाल, निर्मल आचार्य,अमर तमु, माधव सापकोटा, कुमारी मोक्तान,शक्तिबहादुर बस्नेत,लिलामणि पोखरेल, रामदीप आचार्य,मातृका यादव, शालिकराम जमरकट्टेल, खिमलाल देवकोटालगायतलाई पनि पोलिटब्युरो सदस्य बनाइएको छ।