बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना आजबाट सुरु हुँदै

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको थियाे।

 

 

 

पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानएकाे छ ।

 

 

नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा रहेका छन् ।