नेपालीसँग विहे गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिनुपर्छः प्रेम सुवाल

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन्।

 

 

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताए।

 

 

उनले कृत्रिम नागरिकता लिन पनि नेपालको संस्कृतिबारे लिखित परीक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

 

 

उनले नेपालको नागरिकतासम्बन्धी समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने बताए। सांसद सुवालले नेपालको भूराजनीतिक अवस्थाअनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने बताए।

 

 

 

उनले भने, ‘सबै नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाउनुपर्छ। यसको अर्थ नागरिकताको प्रमाणपत्र बसको टिकट र सिनेमाको टिकटजस्तै बाँड्ने होइन।

 

 

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्नेमा उनले जोड दिए।