हुम्लाको खार्पुनाथ गाउँपालिका जाने तुइन विस्थापित,झोलुुंगे पुल सञ्चालनमा

काठमाडौं।हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका जाने तुइन विस्थापित गरिएको छ।यसअघि गाउँपालिका जनप्रतिनिधि,कर्मचारी र सर्वसाधारण लगायतले सबै तुइन तर्दै आएका थिए।

 

 

खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चुु बजार जाने कर्णाली नदीमाथि झोलुुंगे पुल निमार्ण गरेर केही समय अगाडि सञ्चालनमा ल्याएपछि तुुइन विस्थापित गरिएको हो।

 

 

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले अघिल्लो कार्यकाल तुुइन तरेर बिते पनि पछिल्लो कार्यकालको सुरुमै तुइन तर्नुपर्ने बाध्यता हटेले आफु खुशी रहेको बताएका छन्। अहिले तुुइनको नजिकै झोलुंगे पुल बनेपछि हाल सो तुुइन विस्थापित भएको हो।

 

 

 

उक्त तुइनको संरचना राम्रै भए पनि अहिले कसैले पनि सो तुइन तर्ने नगरेको अध्यक्ष रावलले बताए। विकल्प नभएपछि गाउँपालिकाको लगानीमा तुइन निर्माण गरिएको हो।

 

 

 

एक वर्षअघि मात्र गाउँपालिका आएका प्रमुख प्रशासकीय अधिकृत विष्णुु शाहीले पनि एक वर्षसम्म सो तुइन तर्नुपरेको थियो।

 

 

 

त्यस्तै उक्त तुुईनबाट खसेर तीन जनाले घाइते भएका थिए भने सामानसमेत नदीले बगाएको थियो।

 

 

हालको झोलुंगे पुल कोरोना अवधिमा निर्माण सुुरु भई केही महिनाअघि मात्र सम्पन्न भएको हो। पुल बनेपछि कुनै पनि समयमा यात्रु लाई कर्णाली नदी तर्न समस्या देखिएको छैन। पशुुवस्तुुलाई समेत सहज भएको छ।