बाजुराको बुढिगंगा नगरपालिकामा मेयर उपमेयरमा एमाले उम्मेदवार निर्वाचित

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) बिजयी भएका छन् ।

 

 

 

मेयरका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर बिजयी भएका छन् भने उपमेयरमा कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन्।

 

 

 

उनका निकटतम प्रतिदन्द्धी नेपाली काँग्रेसका मेयरका उम्मेदवार रङ्ग बहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन् ।

 

काँग्रेसका उपमेयरकी उम्मेदवार रिता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याएर पराजित भएकी छन ।

 

विजयी मेयर बाँनिया र उपमेयर कुवर २०७४ सालको स्थानिय चुनावमा सोही पदमा काँग्रेस सँगै पराजित भएका थिए ।

 

 

काँग्रेसले दुबै पदमा नयाँ अनुहारलाइ टिकट दिएको थियो, भने एमालेले २०७४ सालका उम्मेदवारलाइ नै टिकट दिएको थियाे ।

 

१० वटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ वटा वडामा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार बिजयी भएका छन्, ।

 

नेपाली कांग्रेस ३ वडामा सिमित भएको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन ।

 

 

वडानम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस बिजयी भएको छ । २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ।

 

 

३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

 

 

 

बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ ।

 

 

नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।