माधव नेपालले जीवनकै ठूलो गल्ती गरे: घनश्याम भुसाल

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जीवनकै ठूलो गल्ती गरेको आरोप लगाएका छन्।

 

 

 

एमाले फुटेको झण्डै एक वर्षपछि घनश्याम भुसालले आज फेसबुकमा एउटा स्टाटस लेख्दै माधव नेपालले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको बताएका हुन्।

 

 

 

एमाले विभाजन हुनुअघि आफ्नै निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेता नेपालले भुल गरेको भुसालको आरोप छ।

 

 

 

 

उनले केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशतले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने माधव नेपालले त्योभन्दा घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशको आधारमा पार्टी विभाजन गरेको उल्लेख गरेका छन्।

 

 

 

 

भुसालले नेता नेपालले गरेको यो कामले अर्को पार्टी खोलेर कम्युनिष्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न नसक्ने जिकिर गरेका छन्।

 

 

 

साथै भुसालले माधव नेपालले ढिलो–चाँडो कठघरामा उभिएर यस निर्णयको प्रायश्चित गर्नुपर्ने उल्लेख गरेका छन्।