काठमाडौंमै चितुवाको आक्रमणबाट ५ जना घाइते

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा  चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।

 

 

बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

 

 

 

 

भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो ।

 

 

 

चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

 

 

 

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।