माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमणमा जाँदै

फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु भोलि तीन दिने भारत भ्रमका लागि जाँदै छन् ।

 

 

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको उल्लेख गरे ।

 

 

 

त्यस बेला प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएका थिए ।

 

 

 

उनले बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको मल्लले जानकारी दिएका छन् ।

 

 

भारत भ्रमण सकेर प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।