पत्रकार कृष्ण आचार्यमाथि सांघातिक आक्रमण गरेको भन्दै पत्रकार संघ संगठनहरूले गरे कडा कारबाहीको माग

चितवन । प्रेस चौतारी चितवनका उपाध्यक्ष पत्रकार कृष्ण आचार्यमाथि समाचार संकलनका क्रममा आक्रमण गरेको प्रति पत्रकार संगठनहरूले विरोध गरेका छन्।
 
 
 
जनताको घरमा लोडसेडिङ गरेर भरतपुरको बिद्धुत प्राधिकरणका कर्मचारहरूले अफिस भित्र रक्सि र मासुको भोज गरि रहेकाे अवस्थामा  पत्रकार कृष्ण आचार्य त्यहाँ पुग्दा कर्मचारीहरूले उनलाइ कुटेर लखेटेकाे स्थानीय पत्रकारहरूले बताएका छन्। 
 
 
 
 
 
 विधुत प्राधिकरण भरतपुर शाखामा जादा प्राधिकरणकै कर्मचारीले सांघातिक आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन, समाजवादी प्रेस युनियन लगायतका सम्पूर्ण पत्रकार संघ संगठनहरूले विरोध गर्दै दोषीलाई कडा कारवाहीको माग समेत गरेका छन्।
 
 
 
 
 
साथै घाइते पत्रकार कृष्ण आचार्यको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै पत्रकारको समाचार, सूचना संकलन गर्न पाउने संविधान प्रदत्त अधिकारको संरक्षणका लागि प्रशासनसँग जोडदार माग गरेका छन्।
 
 
 
 
 
पत्रकार कृष्ण आचार्यमाथिको यो सुनियोजित हमला समग्र चितवनका पत्रकारहरुमाथिको आक्रमण भएको सम्पूर्ण पत्रकार संगठनको ठहर रहेकाे छ।
 
 
 
 
कृष्ण आचार्य चितवन जिल्लामा पटक-पटक भएको लोड सेडिङको बारेमा जानकारी लिन विधुत प्राधिकरण भरतपुर शाखामा जाँदा मदिरापानमा लठ्ठ कर्मचारीले लछारपछार गर्ने र उहाँको मोबाइल समेत खोसेको घटनाले सम्पूर्ण पत्रकार जगतलाई सोच्न बाध्य बनाएको छ।
 
 
 
 
 
यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी सम्पूर्ण पत्रकार संघ संगठनले जनाएका छन्।
 
 
 
 
साथै हाम्रो अनलाईन परिवार पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सम्बन्धित स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौं।