पेट्रोलियम पद्धार्थको मूल्य घट्यो,यस्तो छ (मूल्यसूची)

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

 

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि शनिबार नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

 

 

पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको निगमले जनाएको छ ।

 

 

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर हाराहारीमा झरेको छ ।

 

 

 

एक महिनाअघि मात्रै प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।

 

 

 

आईओसीले पेट्रोलियम पद्धार्थको मूल्य घटाएर पठाएपनि तत्काल उपभोक्तालाई भने सोअनुरुप लाभ नमिल्ने निगमले जनाएको छ ।

 

 

 

निगमका अनुसार यसअघिको नोक्सानीको असर परिरहेको कारण नेपालमा तत्काल पेट्रोलियम पद्धार्थको मूल्य नघट्ने भएको छ ।

 

 

 

हाल आयल निगमले आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । उक्त ऋण तिर्नका लागि निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।