‘एमसीसी र एसपीपी,सुगौली सन्धि र दिल्ली सम्झौता भन्दा खतरनाक: महासचिव विप्लव

फाइल तस्वीर

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन्।

 

 

सोमबार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उनले इतिहासमै पहिलोपटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताएका हुन्।

 

 

उनले सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि खतरनाक बनेर एमसीसी र एसपीपीहरू नेपालमा आइलागेको दाबी गरे।

 

 

 

उनले नेपालमा राजनीतिक अस्थिरता प्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको बताए।

 

 

उनले भने, ‘हाम्रो नेपालको स्वाधिनता र सार्वभौमिकता निकै खतरामा छ अहिले। इतिहासको कुनै पनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधिनता जोखिममा छ।

 

 

१८१६ को सुगौली सन्धिभन्दा पनि १९५० को दिल्ली सम्झौताभन्दा पनि खतरनाक बनेर एमसीसी र एसपीपीहरू हाम्रो आकाशमाथि आइलागेका छन्।

 

 

 

हाम्रो देशमाथि आइलागेका छन्। देशको भविष्यको बारेमा सबै युवाहरूमा चिन्ता छाएको छ। यो एउटा संकट खडा भएको छ।

 

 

 

मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरू राखेर भइरहेको बताए। उनले अहिलेका सरकारले पालैपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाए।

 

 

महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरूलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको आरोप लगाए।

 

 

 

 

अहिलेको सरकार तीनरतीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनै पनि उत्तरदायी काम नगर्ने गरेको आरोप लगाए।

 

 

 

‘जनताको समस्या त्यहीँ छ, दिनदहाडै बलात्कार छ, तर राज्यमा बसेका मान्छेहरू आफ्नो गुटको स्वार्थका लागि, दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै देशलाई मोलमोलाई गरिरहेका छन्।

 

 

यो मुठीभर लुटेराहरूको व्यवस्था हो’ उनले भने, ‘हामीले हजारौँ शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था होइन।

 

 

 

 

यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरूको व्यवस्था हो। मुठीभरका मानिसले मोजमस्ती गर्ने व्यवस्था हो।

 

 

 

महासचिव विप्लवले अहिलेका दलहरूले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै देशलाई मोलमोलाई गरिरहेको बताए।

 

 

 

अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरूको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको स्पष्ट पारे।

 

 

 

उनले यो वासिंगटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरूको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको बताए। एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको पनि दाबी गरे।