सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा साउनयता कोरोना संक्रमण बढ्दो क्रममा छ। सोमवार एकैदिन १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

 

 

धनगढीस्थित सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो।

 

 

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कञ्चनपुरको सीमा नाकामा ११३ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

 

यता कैलालीको त्रिनगर भन्सार नाकामा ५२ जनाको परीक्षण गर्दा भने कसैमा पनि संक्रमण पुष्टि भएन ।

 

 

 

यस्तै सेती प्रादेशीक अस्पतालमा ३४ नमूनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ। साउनयता सुदूरपश्चिममा दैनिक कोरोना संक्रमित देखिने गरेका छन्।