एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

 

 

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

 

 

बिहीबार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार २३६ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

 

 

गत २४ घण्टामा देशभर २ हजार ५४१ पीसीआर तथा २ हजार ४८४ एन्टिजेन परीक्षण भएको छ।