शेयर बजारमा ६.७१ अंकको गिरावट

काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा बुधबार ६.७१ अंकले गिरावट आएको छ। नेप्से ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ।

 

 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ।

 

 

बुधबार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरमा कारोबार भएको छ।

 

 

 

बुधबार कारोबार रकममा भने केही सुधार देखिएको छ। मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो।

 

 

 

नेप्सेका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ।

 

 

जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ।

 

 

 

नेप्से परिसूचक गिरावट भए पनि बुधबार सामलिङ पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ।

 

 

 

तर यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर मूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ। त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ।

 

 

 

बुधवार शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।