आज दिउँसो देशभरका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ ।

 

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

 

 

 

आजदिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श

 

देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

 

 

 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।