क्रान्तिकारी माओवादी र नेकपा (बहुमत)बीच पार्टी एकता गर्ने सहमति (पत्रसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र  नेकपा (बहुमत)ले पार्टी एकता गर्ने निर्णय गरेका छन्।

 

 

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’,स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रीक माेर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

 

 

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ ।

 

 

संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चनले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।