गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सकिने

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको ११ औं अधिवेशनको ५७ औं बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक शुरु हुनेछ ।

 

 

 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

 

 

यसअघि हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो । गिरीको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

 

 

 

 

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

 

 

 

राष्ट्रियसभाको १२औं अधिवेशनको ४७ औं बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ः५९ बजे शुरु हुने संसद् सचिवालयले जनाएको छ ।