क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक सम्पन्न,चुनाव सक्रिय बहिस्कार गर्ने निर्णय

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ।

 

 

भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको हो ।

 

 

बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सक्रिय बहिस्कार गर्ने निर्णय गरेको छ।  भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको हो।

 

 

वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुपर्ने उसको ठहर छ ।

 

 

बैठकले अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा समूहसित एकता प्रक्रियालाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय समेत गरेको छ ।

 

 

पार्टीका महासचिव मोहन वैद्य किरणले आज भदौ १२ गते जारी प्रेस वक्तव्यमा निर्वाचन बहिस्कार गर्नु पर्ने कारण र आधारलाई पाँचवटा बुँदामा उल्लेख गरिएको छ ।

हेर्नुस् प्रेस वक्तव्य-