केन्याविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालको सानदार जित

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्धको  दोस्रो  एकदिवसीय खेलमा १७ विकेटले जितेको छ ।

 

 

 नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या २१३ रनमा अलआउट भयो । दिपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट आफ्नो नाममा लेखाए ।

 

 

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेलको कप्तानी पारीको मदतमा ४९।२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । ९४ बलको सामना गरेका पौडलले सर्वाधिक ७८ रन बनाए ।

 

 

 

 

अघिल्लो एकदिवसीयमा शतक बनाएका आशिफ शेखलाई आराम दिएर देव खनाललाई ओपनिङमा अवसर दिइएको थियो । उनले ३७ बनाए । सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।

 

 

 

केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २(२ विकेट लिए । तेस्रो तथा अन्तिम म्याच पर्सि सोमबार हुनेछ ।