फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।

 

 

आइतबार सामाजिक संजाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

 

 

नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५ सय २५ दिनपछि अलमुताइरीले राजीनामा दिएका हुन् ।

 

 

नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु, अलमुताइरीले लेखेका छन्,खुशी, माया, दुस्ख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।

 

 

अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता सुरेश शाहले अलमुताइरीले एन्फालाई राजीनामा पत्र पठाएको बताए ।

 

 

उँहा अलमुताईरी ले महासचिवलाई सम्झौता समाप्त गरिएकोबारे पत्र पठाउनु भएको रहेछ ।

 

 

 

यसलाई हामीले राजीनामा भएको बुझेका छौँ । कार्यसमितिको बैठकले थप निर्णय गर्नेछ, शाहले भने ।

 

 

एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

 

 

कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

 

 

 

अलमुताईरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।

 

 

गत असोजमा माल्दिभ्स भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट बन्चित बनेको थियो ।

 

 

 

यस्तै नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।

 

 

तर, अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।

 

 

 

बन्द प्रशिक्षण छाडेका १० खेलाडी र नियमित कप्तान किरण चेम्जोङबिना नै एएफसी एसियन कप छनोटका लागि अलमुताईरीले टिम घोषणा गरेका थिए ।

 

 

 

अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवाद समाधानको लागि एन्फाले छानविन समिति गठन गरेको थियो ।

 

 

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा विवादमा मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ ।

 

 

प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।

 

 

छानविन समितिको प्रतिवेदनमा समेत अलमुताइरीले आपत्ति जनाएका थिए ।

 

 

 

एसियन कप छनोटपछि अलमुताइरी नेपाल फर्केका थिएनन् । छुट्टिमा उनी कुवेत गएका थिए ।

 

 

 

अलमुताइरीको अनुपस्थितिमा एन्फाले प्रदिप हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

 

 

नेपालले आगामी असोज दोस्रो साता हुमागाईको नेतृत्वमा बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ।

 

 

 

मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।

 

 

अलमुताईरीले गत वर्षको साउन १० गते समेत राजीनामाको घोषणा गरेका थिए ।

 

 

 

उनले एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्ष पंकज विक्रम नेम्वाङको कारण राजीनामा दिन लागेको बताएका थिए ।

 

 

तर, पछि उनले राजीनामा फिर्ता लिदै एन्फासँगको सम्झौता थप गरेका थिए ।